मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यापार व्यवसाय सञ्चालन गर्न छलफल

abhiyandaily.com

धरान । पर्वहरू सुरक्षित बनाउँदै व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायीहरू छलफलमा जुटेका छन् । सुनसरी उद्योग वाणिज्य संघले महामारीबाट सुरक्षित हुँदै चाडपर्वमा हुने कालोबजारी, चोरीका घटनालाई नियन्त्रण गर्न छलफल चलाएको छ । संघले चाडपर्वको समयमा सुरक्षित तरीकाले व्यापार व्यवसाय सञ्चालन गर्न सुरक्षा निकायहरूसँग छलफल चलाएको हो ।

छलफलमा व्यवसायीका तर्फबाट सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं यातायात व्यवसायी सरोज श्रेष्ठले चाडपर्वका बेला करको दायरामा ल्याउने बहानामा व्यवसायीलाई अनावश्यक दु:ख नदिन आग्रह गरे । ‘कोरोनाको महामारीका कारण व्यापार व्यवसाय थलिएको छ,’ उनले भने, ‘विस्तारै माथि उठ्न लागेका व्यवसायीलाई करको दायरामा ल्याउने बहानामा अनावश्यक दु:ख नदिन आग्रह गर्दछु ।’ छलफलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडवाड नजिकिँदै जाँदा सुरक्षामा चुनौती थपिने हुँदा सबै सचेत हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)