नबिल बैङ्कको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले ग्राहकको डिजिटल बैङ्किङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको यो कार्ड बैङ्कको एनबैङ्क एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।
ग्राहकले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झट पूरा नगरी एनबैङ्क एपको होम पेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा प्राप्त गर्न सक्नेछन्। दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारमा पनि यसको प्रयोग गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)