मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लबलाई तीन अंक

annapurnapost.com · Thu Feb 10 06:46:00 GMT 2022

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो। पुलिसलाई जित दिलाउन रविशंकर पासवानले दुवै गोल गरेका हुन्। च्यासलका मौसा अबागानाले एक गोल फर्काएका थिए।

खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। नीरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। पहिलो हाफमा १–० गोलले पछि परेको च्यासल ५३औं मिनेटमा खेलमा फर्किएको थियो। मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो। जसलाई मौसाले सदुपयोग गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)