डब्लिन घोषणापत्रपछि : एनआरएनए अब परिणामतर्फ
nepalpress.com · Fri Aug 14 01:47:01 GMT 2026

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन अगस्ट १०–११ मा आयरल्यान्डको डब्लिनमा सम्पन्न भयो । ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने नारासहित आयोजित सम्मेलनमा ३५ भन्दा बढी देशबाट प्रत्यक्ष र भर्चुअल गरी चार सयभन्दा बढी नेपाली सहभागी भए। सम्मेलनपछि १५ बुँदे ‘डब्लिन घोषणापत्र–२०२६’ जारी गरिएको छ ।
नागरिकता, लगानी, श्रम आप्रवासन, आर्थिक कूटनीति, महिला र युवा सहभागिता, दोस्रो पुस्ता, ज्ञान तथा सीप हस्तान्तरण, पर्यटन प्रवर्द्धनदेखि संस्थागत सुधार र एनआरएनएको एकतासम्म घोषणापत्रले धेरै विषय समेटेको छ । विषयको व्यापकता महत्त्वपूर्ण छ । तर एनआरएनएका लागि अब मूल प्रश्न अर्को एउटा घोषणापत्र जारी भयो भन्ने होइन । प्रश्न हो- घोषणा गरिएका प्रतिबद्धता कार्यान्वयन हुन्छन् कि हुँदैनन् ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)