मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

barnanmedia.com · Thu Oct 15 15:11:14 GMT 2026

महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले अगाडि बढाइरहेको म उद्यमी ट्रेडमार्क (व्यापारिक चिह्न) सामूहिक चिह्न अभियानका बारेमा जानकारी दिन महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले यो अभियानलाई देशभरका महिला उद्यमीसम्म विस्तार गर्ने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)