मनसुन बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
hamrakura.com · Thu Oct 15 00:00:00 GMT 2026

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज २८ गतेदेखि नै नेपालका सम्पूर्ण भू-भागबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको छ। मनसुन बाहिरिए तापनि पश्चिमी र स्थानीय वायुको प्रभाव भने कायमै रहेको मौसमविद्हरूले बताएका छन्।
आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)