मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु

rajdhanidaily.com · Fri Apr 29 23:25:37 GMT 2022

काठमाडौं । सशस्त्र प्रहरी बलमा १९ वैशाखदेखि रिक्त हुने अतिरिक्त महानिरीक्षक (एआईजी) पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयले आकांक्षीलाई आवश्यक कागजात बुझाउन शुक्रबार ढिलो पाँच दिनको समय दिएर पदपूर्तिसम्बन्धी सूचना निकालेको छ । सूचनामा १९ वैशाखदेखि अनिवार्य अवकाशमा जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको सदस्य सचिवका हैसियतले दस्तखत गरेका छन् । त्यस दिन केसी र एआईजी रामशरण पौडेलले अनिवार्य अवकाश पाउँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)