अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
gorkhapatraonline.com · Tue Jun 09 04:46:42 GMT 2026

बाँकेको कोहलपुर नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा नगरभित्रका १५ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको हो ।
सहायक सामग्री वितरण गर्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्य सहयोगीका रुपमा भएको अनुभूति दिलाउने गरेर काम गरिरहेको बताउनुभयो । उहाँले शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार र अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै नगरपालिकाले आवश्यकता पहिचानका आधारमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)