निगालो र बाँसका सामग्रीले स्थानीय सीप संरक्षण, आम्दानीमा वृद्धि
gorkhapatraonline.com · Tue Jun 09 04:44:17 GMT 2026

गोरखाको शहिद लखन गाउँपालिका–५ मा निगालो र बाँसका चोयाबाट विभिन्न प्रकारका घरेलु तथा हस्तकला सामग्री उत्पादन गर्ने परम्परागत सीपले नयाँ ऊर्जा पाएको छ। स्थानीय बासिन्दाले पुस्तौंदेखि प्रयोग गर्दै आएका सीपलाई व्यवसायिक रूपमा विकास गर्न थालेपछि आयआर्जनका नयाँ सम्भावना सिर्जना भएको छ।
स्थानीय समुदायले निगालो र बाँसको प्रयोग गरी डोको, नाङलो, डालो, टोकरी, चकटी, सुपो तथा सजावटी सामग्री उत्पादन गर्दै आएका छन्। दैनिक जीवनमा आवश्यक पर्ने यस्ता सामग्रीको बजारमा माग बढ्दै गएपछि उत्पादनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)