मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ

ratopati.com · Thu Oct 15 15:49:50 GMT 2026

पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न सर्लाही घर भई हाल काठमाडौँ डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साहलाई बिहीबार वीरगञ्जबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बिचौलिया साहले ‘आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयको एजेन्टसँग आफ्नो राम्रो चिनजान छ’ भनी सर्वसाधारणलाई झुक्याई लिलाम बिक्री साकार गर्न तयार भएका व्यक्तिलाई विभिन्न आश्वासन दिई विभिन्न बैङ्क खातामा रकम जम्मा गर्न लगाई तत्पश्चात् सम्पर्कविहीन भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)