जलवायु संरक्षणका लागि कलम चलाउन साहित्यकारलाई आग्रह
saralpatrika.com · Thu Oct 15 15:27:19 GMT 2026

बेलबारी (मोरङ)। जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणका लागि साहित्यलाई जनचेतनाको माध्यम बनाउनुपर्नेमा बेलबारीमा आयोजित एक अन्तरक्रियाका सहभागीले जोड दिएका छन्। उनीहरूले प्रकृति र जीवजगत्को संरक्षणलाई साहित्यिक सिर्जनामा प्राथमिकता दिन पनि स्रष्टाहरूलाई आग्रह गरेका छन्।
बेलबारी प्रज्ञा प्रतिष्ठानले बिहीबार बेलबारी-२ स्थित सुदर्शन रिसोर्टमा आयोजना गरेको ‘बदलिँदो जलवायु र साहित्य’ विषयक अन्तरक्रियामा वक्ताहरूले जलवायु परिवर्तनका कारण, यसको प्रभाव र समाधानका उपायबारे धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)