समयमै काम नसकाउने चार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सरकारी ठेक्कामा रोक
aarthiknews.com

काठमाडौं । सार्वजनिक खरिद सम्झौताअनुसार काम सम्पन्न नगर्ने तथा काममा ढिलासुस्ती गर्ने चार निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयले साउन २८ गतेको निर्णयअनुसार चार कम्पनीलाई निश्चित अवधिका लागि सार्वजनिक निकायका कुनै पनि खरिद तथा बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो। कारबाही सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम गरिएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)