नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा जोड
ratopati.com · Thu Oct 15 15:57:03 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेको छ।
भेटमा मन्त्री लम्सालले आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारलगायत काम भइरहेको बताए। सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको क्रममा महासङ्घका अध्यक्ष श्रेष्ठले मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवर्द्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)