चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी
gorkhapatraonline.com · Sat Jun 01 00:16:30 UTC 2024

काठमाडौँ, जेठ १९ गते । विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
त्यति नै मात्रामा दुग्धजन्य पदार्थ मौज्दात रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार डेरी उद्योगीसँग चार अर्ब ६० करोड रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएनलगायतका सङ्घ संस्थाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी एवं बोर्डका सदस्य सुमित केडियाले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम र दुग्धजन्य पदार्थको मौजदात बारेमा अध्ययन गर्न बनाएको समितिले प्रतिवेदन सार्वजनिक गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)