मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

ratopati.com · Thu Oct 15 16:26:33 GMT 2026

काठमाडौँ । औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गरेको ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध भएको हो । आज यहाँ आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले प्रणालीमा आबद्ध भएको शुभारम्भ गरे ।

औषधि व्यवस्था विभागबाट हुने भन्सार विभागसँग सम्बन्धित सबै कागजात अब एकद्वार प्रणालीमा आबद्ध भई ‘अनलाइन’मार्फत हुनेछ । कार्यक्रममा विभागका महानिर्देशक भट्टराईले भन्सार जाँचपाससँग सम्बन्धित औषधि व्यवस्था विभागका कामलाई अनलाइनमार्फत सेवा प्रदान गर्नका लागि एकद्वार प्रणालीमा आबद्ध गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)