मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पशुपति क्षेत्रमा ९० वटा पक्की संरचना थपिँदै

nayapatrikadaily.com · Mon Jan 08 00:32:00 GMT 2024

पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसकेको छ । ती संरचना भाडामा लगाउने कोषको योजना छ ।

पशुपतिनाथ मन्दिरको पश्चिममा रहेको गौशालातर्फको खाली जग्गामा पक्की संरचना निर्माण गरिन लागेको हो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार निर्माण गर्न लागिएका सबै संरचना भाडामा लगाउने प्रयोजनका हुन् । एउटा संरचनाको मासिक २५–३० हजार रुपैयाँ भाडा उठाउने कोषको लक्ष्य छ । ‘अहिले भएका टहरा निकै कम भए, टहरा भाडामा लिन नपाउनेहरूले असन्तुष्टि जनाए, त्यसैले थप संरचना निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यी सबै संरचना मौलिक किसिमबाट निर्माण हुन्छन्, कोषले नै व्यवस्थित तरिकाले भाडामा लगाउँछ ।’ संरचना निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मञ्जुरी दिएको स्रोतको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)