राष्ट्रपति सी चिनफिङले भने -चीन र उत्तर कोरिया भाग्य पनि एउटै छ
kendrabindu.com · Tue Jun 09 04:51:13 GMT 2026

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको भ्रमणमा छन्। सन् २०१९ पछि उनी पहिलोपटक उत्तर कोरिया पुगेका हुन्। सोमबार सीलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा गार्ड अफ अनर दिइयो।
त्यसपछि सी र उत्तर कोरियाका नेता किम जोङ उनबिच भेटवार्ता भयो। जहाँ दुई नेताले एकअर्काप्रति सहयोग बढाउने वाचा गरे। चीनको सरकारी समाचार एजेन्सी, सिन्ह्वाका अनुसार सीले सोमबार राति आयोजित रात्रिभोजमा भने, ‘चीन र उत्तर कोरिया पहाड र नदीले जोडिएका छन् र यिनको भाग्य पनि एउटै छ।’
साथै सीले भने, ‘किमसँग समयको अवस्था बुझ्ने र उच्च-स्तरीय सहयोगका साथै जनता-जनताबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा महत्वपूर्ण सहमति भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ