खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो
corporatenepal.com · Fri Aug 14 03:29:55 GMT 2026

काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)