खानी तथा भूगर्भ विभागको राजस्वमा गिरावट
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्षमा करिब रु ७० करोडले कमी आएको छ। विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा घटेर रु ८९ करोड ४८ लाखमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको स्पष्ट भएको छ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायत विभिन्न शीर्षकबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ। देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)