श्रीलंकाको राष्ट्रपति निवासमा भेटियो लाखौंको बन्डल : आन्दोलनकारीले सेनालाई बुझाए रकम
ratopati.com
श्रीलंकामा विगत तीन महिनादेखि राजनीतिक र आर्थिक उथलपुथलका बीच जुलाई १० अर्थात हिजो राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा आन्दोलनकारी प्रवेश गरे । विपक्ष दल तथा ट्रेड युनियनको आह्वानमा देशभरबाट दशौं हजार मानिस प्रदर्शनमा सहभागी हुनका लागि राजधानी आएका थिए ।
प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गर्दा उनी भागिसकेका थिए । उनीहरुलाई सेना तथा प्रहरीले पनि बेवास्ता गरिदिएको थियो । यस्तोमा प्रदर्शनकारीहरू राष्ट्रपति सुत्ने गरेको ओछयानमा सुत्नेदेखि, पोखरीमा नुहाउने, भान्छामा खाना खाने काममा सरिक हुन थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)