आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
ratopati.com · Thu Apr 17 05:11:00 GMT 2025

काठमाडौँ । चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो ।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः ३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युबमा अपलोड हुने प्रस्तोता रिजालले बताए । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेसवासीको लवजमा प्रस्तुत हुनेछन् । कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ ।
कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ का अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिन्छन् । त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन् ।
रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा सञ्चालन गरेका थिए । पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अब भने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो ।
जोगिन्दरको पान दुकान
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)