मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविको जग्गा खोज्न त्रितालको नेतृत्वमा समिति

ekantipur.com · Sat Jun 01 00:20:18 UTC 2024

काठमाडौँ — त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य–सचिव रहेकी छन् ।

त्रिविको कीर्तिपुर र नैकापमा रहेको एक हजार बढी रोपनी जग्गा अतिक्रणमा परेको समाचार कान्तिपुरले प्रकाशित गर्दै आएको थियो । त्रिविको केन्द्रीय कार्यालय मातहत ३७ सय रोपनी जग्गा रहेको तथ्यांक छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार त्रिविको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन र अनुगमनलगायत अचल सम्पत्तिको लगत संकलन गरी समितिले प्रतिवेदन बुझाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)