मधेसमा सर्पदंशको औषधि अभाव, रेबिजविरुद्धको खोपले केही महिना धान्ने
ratopati.com · Fri Aug 14 04:05:54 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न अस्पतालमा सर्पदंशको औषधि उपलब्ध नहुँदा उपचार प्रभावित हुन थालेको छ । रेबिजविरुद्धको खोप भने हालै उपलब्ध भएसँगै केही महिना धान्न सक्ने जनाइएको छ ।
मधेस प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट ३/४ दिन अगाडि मात्र रेबिजविरुद्धको खोप आएकाले अब सरकारी स्वास्थ्य संस्थाहरूबाट यो खोप सहज रूपमा उपलब्ध हुने भएको छ । यसअघि महिनौँदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा यो खोपको चरम अभाव हुँदा बिरामीहरूले निकै सास्ती खेप्नुपरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)