सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक
ictsamachar.com

काठमाडौं । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ । विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे-ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन र सांस्कृतिक अभ्यासमा निर्भर रहँदै आएको नेपाली सुनचाँदी व्यवसाय पछिल्लो समय विस्तार भएसँगै हिसाब किताब र व्यावसायिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यसैलाई सम्बोधन गर्न नेपाली गहना व्यवसायको वास्तविक कार्यशैलीअनुसार यो प्रणाली तयार पारिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)