मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्थायी टावरबाट विद्युत् आपूर्ति जोड्ने तयारी

gorkhapatraonline.com · Thu Oct 15 17:26:59 GMT 2026

असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन पुनर्निर्माणलाई तीव्रता दिइएको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ ।

प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखा र यस क्षेत्रमा सञ्चालनमा रहेमा जलविद्युत आयोजनाहरुको सहयोगमा अस्थायी टावर निर्माण र तार तान्ने काम अघि बढेको नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका इन्जिनियर सुशोभित द्धुवाले जानकारी दिनुभयो । क्षतिग्रस्त भएका तीनवटा टावरको सट्टामा क्यानाडा प्रविधिको एकवटा टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने योजना रहेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)