परम्परागत चौतारो पुनर्जीवित, गाउँमा फेरि बने भेटघाट केन्द्र
gorkhapatraonline.com · Tue Jun 09 04:58:19 GMT 2026

अर्घाखाँचीको ढाकावाङ नाच्ने चौरमा सडक विस्तारका क्रममा भत्किएको ऐतिहासिक वरपिपल चौतारो स्थानीयवासीले पुनर्निर्माण गरी रङरोगनसहित आकर्षक बनाएका छन्। डिभिजन वन कार्यालयको सहयोग र गाउँलेहरूको श्रमदानमा पुनः निर्माण गरिएको चौतारो अहिले गाउँको सामुदायिक भेटघाट, विश्राम तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्दै गएको छ।
ढाकावाङको नाच्ने चौरस्थित उक्त चौतारोमा अहिले गाउँका भेला, बैठक तथा छलफल हुन थालेका छन्। वर–पिपलको छहारी, चराचुरुंगीको मधुर आवाज र शीतल वातावरणका कारण चौतारो स्थानीयका लागि आकर्षणको केन्द्र बनेको छ। फोटो तथा भिडियो खिच्ने, विश्राम गर्ने स्थलका रूपमा यसको उपयोग पनि बढ्दै गएको छ। धार्मिक आस्थाअनुसार स्थानीयले वर र पिपलको पूजा गर्दै संरक्षण अभियानलाई निरन्तरता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)