मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा प्रहार हुँदा शक्तिसन्तुलन बिग्रियो : सभामुख सापकोटा

nayapatrikadaily.com · Tue Jun 29 23:53:00 GMT 2021

सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक प्रतिनिधिसभामाथि प्रहार हुँदा राज्यका प्रमुख तीन अंग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका)बीचको शक्तिसन्तुलन नराम्ररी बिग्रिएको बताएका छन् । सर्वाेच्च अदालतको ११ फागुनको फैसलाविपरीत प्रधानमन्त्री र राष्ट्रपतिले पुनः ८ जेठमा प्रतिनिधिसभा विघटन गरेको र यो शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत भएको सभामुख सापकोटाको भनाइ छ ।

मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग समसामयिक विषयमा नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल गरेको सभामुख सापकोटाले प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य नहुने पनि बताए । ‘जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक–पटक हनन हुनु चिन्ताको विषय हो । प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य हुँदैन । पटक–पटक प्रतिनिधिसभामाथि प्रहार हुँदा राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ । राजनीतिक र प्रशासनिक सन्तुलन पनि बिग्रिएको छ,’ सभामुख सापकोटाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)