मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ठूलो स्कोरमा आर्मीलाई सफलता

ekantipur.com · Sat Nov 12 01:35:08 GMT 2022

काठमाडौँ — एकै दिनमा ६ सय १३ रन । एकदिवसीय क्रिकेटलाई योभन्दा बढी के चाहियो र ? पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो खेलजीवनकै एक उत्कृष्ट इनिङ्स खेल्नेक्रममा १ सय ४० रन बनाए । यो उनको खेलजीवनकै सर्वाधिक स्कोर रह्यो । तर त्यो पनि जितलाई पर्याप्त रहेन । करण केसीले ६ विकेट लिए । यसले पनि टिमलाई जित दिलाउन सकेन । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुक्रबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको दोस्रो सेमिफाइनलको कथा यही रह्यो ।

त्रिभुवन आर्मी क्लब रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित गर्न सफल रह्यो । यो जित एक बलको खेल बाँकी छँदा सम्भव भएको हो । फाइनल शनिबार हुनेछ । त्यसमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)