पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै
ratopati.com · Thu Oct 15 17:47:59 GMT 2026

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)