एक हजार ४४ जनाको हेलिकप्टरबाट उद्धार
gorkhapatraonline.com · Thu Oct 15 17:52:52 GMT 2026

गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका एक हजार ४४ जनालाई चार दिनमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । असोज २५ गतेदेखि २८ गते साँझसम्म गरिएको उद्धारको क्रममा ९७४ जना नेपाली र ७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार असोज २५ गते ८७ नेपाली र नौ विदेशी गरी ९६ जनाको उद्धार गरिएको थियो । त्यस्तै, असोज २६ गते ३०९ जना नेपाली र १२ विदेशी गरी ३२१ जनालाई उद्धार गरिएको थियो । असोज २७ गते १५८ नेपाली र २८ विदेशी गरी १८६ जना र २८ गते बुधबारका दिन ४३४ नेपाली र सात जना विदेशीलाई नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)