भारतीय लापर्बाहीले दार्चुलामा नेपाली बालकको मृत्यु प्रकरण : परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट
nayapatrikadaily.com · Mon Oct 31 00:27:00 GMT 2022
भारतीय पक्षले सडक निर्माणका क्रममा विनापूर्वसूचना विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर नेपाली बालकको मृत्यु भएको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । व्याँस गाउँपालिका– २ दुम्लिङ अरतौलीका नौ वर्षीय पवन महराको शुक्रबार बिहान ११: ५५ बजे मृत्यु भए पनि परराष्ट्रले दुई दिनपछि मात्रै आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।
भारतीय पक्षको धार्चुला–लिपुलेक–कैलाश मानसरोवर सडक निर्माणका क्रममा सीमा क्षेत्र नज्याङ, लखनपुर भिरमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले वारिपट्टि पैदल यात्रा गरिरहेका बालक पवनलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । दसैँ–तिहार बिदामा भेडा–चौँरी चराउन अभिभावकसँगै खर्क गएका उनी विद्यालय खुल्ने भएपछि घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)