मध्यपूर्वको तनावले भारतमै रोकिएको वेस्ट इन्डिज क्रिकेट टिम लिन चार्टर्ड फ्लाइट आउने
onlinekhabar.com · Thu Mar 05 18:06:49 GMT 2026
२१ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा भारतसँग पराजित भएपछि बाहिरिएको वेस्ट इन्डिज क्रिकेट टिम केही दिनयता भारतमै रोकिएपछि टिमलाई लिन चार्टर्ड फ्लाइटको व्यवस्था हुने भएको छ ।
मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण प्रतियोगिताबाट बाहिरिएपछि पनि वेस्ट इन्डिज टोली घर फर्कन नपाएर कोलकातामै रोकिएको थियो । तनावपछि अन्तर्राष्ट्रिय उडान मार्गहरूमा लगाइएको प्रतिबन्धका कारण टोलीको यात्रा योजना प्रभावित भएको हो। यही कारणले वेस्ट इन्डिजका खेलाडी र सपोर्ट स्टाफ केही दिनदेखि भारतमै अड्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)