बायर्नसँग हारेसँगै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
ekantipur.com · Wed Dec 13 01:21:11 GMT 2023
काठमाडौँ — म्यानचेस्टर युनाइटेडको खराब सिजन मंगलबार पनि कायम रह्यो । युनाइटेड बायर्न म्युनिखको हातबाट ओल्ड ट्रायफोर्डमा १–० ले पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । प्रतियोगितामा कायम रहन युनाइटेडलाई यो खेल जितेर मात्र पुग्दैन थियो ।
समूह ‘ए’ को अर्को खेलको नतिजा पनि उसको अनुकूल आउन आवश्यक थियो । त्यस खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो र युनाइटेड समूहको अन्तिम स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)