‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
rajdhanidaily.com · Fri Jun 26 03:49:43 GMT 2026

मुम्बई । अदालतबाट चलचित्र ‘धुरन्धर’को ओटिटी प्लेटफर्म प्रदर्शन खुला गरिएको छ । यो चलचित्र रोक्न दिल्ली उच्च अदालतमा हालै मुद्दा परेको थियो । यो चलचित्रमा राखिएको गीत ‘तिर्ची टोपीवाले’ को प्रतिलिपि अधिकार हनन् गर्दै यो चलचित्रमा राखिएको आरोप सहित सो गीतको निर्माण पक्षले यो चलचित्र रोक्न अदालतमा मुद्दा दायर गरेको थियो । दिल्ली उच्च अदालतले बिहीबार यो मुद्दामा बहस गर्ने क्रममा चलचित्र ‘धुरन्धर’को डिजिटल प्रदर्शनमा अन्तरिम रोक लगाउने मागलाई अस्वीकार गरेको हो ।
अदालतबाट यो निर्णय आएसँगै अब ओटिटी प्लेटफर्महरूमा चलचित्र ‘धुरन्धर’ सहजै उपलब्ध हुने भएको छ । यो चलचित्र रोकको ’bout परेको मुद्दा अझै सकिएको छैन । त्यसैले यो कानुनी कार्यवाही जारी रहँदा दर्शकहरूले यस चलचित्रलाई अझै अर्को निर्णय नआउँदासम्म डिजिटल प्लेटफर्ममा हेर्न पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)