मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङलाई खाद्यान्न सहयोग

ratopati.com · Thu Oct 15 18:16:07 GMT 2026

चितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् ।

ढकालले एक परिवारलाई २४ किलो चामलसहित दाल, तेल, नुन, सोयाबिनलगायत खाद्य सामग्री वितरण गरेका हुन् । चितवन मानवसेवा आश्रमका कार्यवाहक अध्यक्षसमेत रहनुभएका ढकालको नेतृत्वको सृजनशील नेपालले छोरी शिक्षा कार्यक्रमअन्तर्गत १५ जना छोरीलाई निःशुल्क पढाउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)