ढले सर्रे अम्बासका कम्युनिष्ट योद्धा बलबहादुर सुनुवार
nepalpress.com · Fri Apr 04 17:15:49 GMT 2025

उदयपुर । सिराहाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्बासका एक कम्युनिस्ट योद्धा बलबहादुर सुनुवारको निधन भएको छ । बिहीबार सुनुवारको ८५ वर्षको उमेरमा सिराहास्थित आफ्नै घरमा निधन भएको हो ।
मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभूमि तयार भएको गौरवशाली इतिहास बोकेको सर्रे अम्बासको घर तत्कालीन मालेको चौथो महाधिवेशनका लागि उपलब्ध गराउने बलबहादुर सुनुवार बिहीबार सधैंका लागि एउटा इतिहास कोरेर अस्ताएका हुन । ३४ वर्ष अघिको एउटा इतिहासलाई पुनर्ताजगी गर्दै नेकपा एमालेले २०८० साल भदौ १३ गते पार्टीको केन्द्रीय सचिवालयको बैठक समेत सोही घरमा आयोजना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)