मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती सेवा दिवसमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने

barnanmedia.com · Fri Sep 06 21:41:09 UTC 2024

भदौ २२ गते निजामती सेवा दिवसमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शनिबार निजामती सेवा दिवसको अवसरमा कर्मचारीलाई सम्मान गर्ने भएको हो ।

हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति कर्मचारी दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानन्त्री ओलीले एक शुभकामना जारी गर्दै, “नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसा योग्य छ । तानाशाही विरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन्।’’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)