‘२०५१ पछि कांग्रेस र कम्युनिष्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौ’
lokaantar.com · Fri Jan 06 00:55:13 GMT 2023
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणामबारे सरकारलाई सजग गराएका छन् । सरकारले सत्ता साझेदार दलहरुसँग मिलेर मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला उनको यस्तो सुझाव आएको हो ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गर्न सुझाव दिएका छन् । त्यसो नगर्दा दीर्घकालिन राजनीतिक क्षति हुनसक्ने खतरा उनले औल्याएका छन् । गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा सचेत हुनुपर्ने उनको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)