मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु
rajdhanidaily.com · Thu Mar 30 23:19:35 GMT 2023
काठमाडौं । ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता सुरु गरेको छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच बिहीबार सिंहदरबारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको गृह मन्त्रालयका उपसचिव तथा सरकारी वार्ता टोलीका सदस्य दिलकुमार तामाङले बताए । वार्तामा पीडितका तर्फबाट नौबुँदे लिखित माग प्रस्तुत गरिएको थियो । ती मागका विषयमा एक÷एक बुँदामा छलफल सुरु भएको हो ।
‘वार्तामा सरकारले हालसम्म गरेको प्रयास’bout जानकारी गर्ने काम भयो । पीडितका माग’bout पनि दफाबार छलफल भयो,’ उनले भने, ‘कानुन संशोधनको प्रक्रिया अघि बढेको कुरा पनि हामीले बताएका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)