बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग
barnanmedia.com · Fri Sep 06 22:01:41 UTC 2024

बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग भएको छ ।
बङ्गलादेशका पूर्व ब्रीगेडियर जनरल तथा बङ्गलादेशको इस्लामिक दल जमात इ इस्लामीका आमिर गुलाम आजमका छोरा अमान आजमीले यस्तो माग गरेका हुन् ।विगत आठ वर्षसम्म जबर्दस्त बेपत्ता बनाइएका र केही समय अगाडि मात्र सार्वजनिक भएका उनले यस्तो माग गरेका हुन् । भारतीय साहित्यकार रवीन्द्रनाथ ठाकुरले लेखेको ‘आमार सोनार बाङ्ला’ नामक गीतलाई सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएपछि राष्ट्रगानको रुपमा राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)