मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापा-१ः हात्तीको कहरबाट जोगाउनेलाई मत

barnanmedia.com · Mon Feb 16 23:24:07 GMT 2026

मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उहाँको भनाइ छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)