मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन

ratopati.com · Thu Oct 15 19:15:00 GMT 2026

भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)