मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

barnanmedia.com · Thu Oct 15 19:15:00 GMT 2026

राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गर्नुभएको छ ।

राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पार्नुभएको छ । दरबारले गत सेप्टेम्बरमा उहाँहरूलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो । दम्पतीको लोकप्रियताले सक्रिय राजपरिवारका सदस्यसँग सञ्चारमाध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा गर्न सक्ने चिन्ता दरबारका केही अधिकारीमा रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)