मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य

ekantipur.com · Sat Jun 01 00:35:11 UTC 2024

काठमाडौँ — मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली जनमतलाई संघीय सरकारमा सहभागी गराउने उद्देश्यसहित मधेशमा जनमतलाई मुख्यमन्त्री दिन तयार भएको नेताहरूको भनाइ छ । जसपा नेपाल (अध्यक्ष उपेन्द्र यादव) सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीले अघि सारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)