भारतमा अन्तिम मतदान आज
ekantipur.com · Sat Jun 01 00:30:49 UTC 2024

नयाँदिल्ली — भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।
अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो । त्यसयता चरणबद्ध मतदान भएर सातौं चरणको मतदान जुन १ मा हुन लागेको हो । भारतीय निर्वाचन आयोगका अनुसार अन्तिम चरणमा ८ राज्यका ५७ लोकसभा सिटका लागि चुनाव हुँदै छ । अन्तिम चरणमा पञ्जाब र हिमाचलका सबै लोकसभा क्षेत्रमा चुनाव हुन लागेको हो । त्यसबाहेक बिहारका ८, चण्डिगढका १, हिमाचलका ४, झारखण्डका ३ सिटमा चुनाव हुँदै छ । त्यस्तै, उडिसाका ६, पञ्जाबका १३, उत्तरप्रदेशका १३ र पश्चिम बंगालका ९ लोकसभा सिटमा चुनाव हुँदै छ । सबै क्षेत्रमा गरेर सातै चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)