मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संशोधित बजेट : आर्थिक वृद्धिको लक्ष्य सात प्रतिशत

annapurnapost.com · Sat Sep 11 06:27:00 GMT 2021

काठमाडौं : अध्यादेशमार्फत बजेट संसोधन गरेको सरकारले चालू वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै चैतपछिको तीन महिना अवधिमा आर्थिक क्रियाकलाप बढ्ने आशा व्यक्त गरे। यसअघि ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो।

आगामी चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने भएकाले आर्थिक क्रियाकलाप विस्तार हुने सरकारको अपेक्षा छ। मुद्रास्फीतिमा भने संशोधन भएको छैन। मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हुने अघिल्लो सरकारको अनुमानलाई निरन्तरता दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)