भारतीय नेता र विज्ञ भन्छन्– नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहनेछ
nayapatrikadaily.com · Mon Dec 26 00:20:00 GMT 2022
नेपालका दुई ठूला वामपन्थी दलले प्रधानमन्त्रीमा आश्चर्यजनक सहमति गरेपछि भारतका नेता र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले प्रचण्ड नेतृत्वको सरकारले नेपालले राजनीतिक स्थायित्व र विकास हासिल गर्ने अपेक्षा गरेका छन् भने केही विश्लेषकले चीनको सहयोगमा कम्युनिस्ट पार्टीहरू पुनः एकै ठाउँमा आएको र भविष्यमा कम्युनिस्ट एकतातर्फ अघि बढ्न सक्ने टिप्पणी गरेका छन् ।
नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहने बताए । ‘प्रचण्ड किङमेकरबाट किङ भएका छन् । नेपाली कांग्रेस विजयको शिखरबाट तल खसेको छ । नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध रहनेछ । विशेषगरी ऊर्जा क्षेत्रलगायत हाम्रा पारस्परिक लाभकारी सहकार्य थप बलियो बनाउन भारतले नेपाल सरकारसँग काम गर्नेछ,’ पूर्वराजदूत रायले भने, ‘प्रचण्डले केही महिनाअघि मात्रै भारत भ्रमण गर्नुभएको थियो र भारतमा सरकार र पार्टी दुवै तहमा व्यापक छलफल एवं परामर्श गर्नुभएको थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)