साढे ३ अर्बको घाटाबाट ९२ करोड नाफामा अपर तामाकोशी, आम्दानीसँगै घट्यो वित्तीय लागत, तर ६७ अर्ब ऋणको भार कायमै
aarthiknews.com

काठमाडौं । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानी बढाएसँगै गत आर्थिक वर्ष २०८२/८३ मा घाटाबाट नाफामा फर्किएको छ। तर आयोजनामाथिको ठूलो ऋण, उच्च वित्तीय खर्च र विगतदेखिको सञ्चित घाटाका कारण कम्पनीको वित्तीय अवस्था अझै दबाबमै रहेको देखिएको छ।
कम्पनीले असार मसान्तसम्म ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी ३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो। यसरी एक वर्षमै कम्पनी घाटाबाट नाफामा फर्किएको छ। नाफामा सुधार आउनुको मुख्य कारण विद्युत् बिक्रीबाट प्राप्त आम्दानीमा भएको वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)