मैनालीको ‘म’ सार्वजनिक
gorkhapatraonline.com · Sat Jun 01 00:37:45 UTC 2024

काठमाडौँ, जेठ १९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र पूर्वकुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको हो ।
नेपाल कमर्सियल आर्टिस्ट एसोसिएसन अफ नेपाल (क्यान) द्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति हार्तम्छालीले नेपाली मूर्तिकलाको क्षेत्रमा ठाकुरप्रसाद मैनालीले पु¥याउनुभएको योगदानको चर्चा गर्दै आत्मवृत्तान्तको प्रकाशनले नेपाली साहित्यको क्षेत्रमा समेत योगदान पुगेको बताउनुभयो । प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले कला क्षेत्रमा मैनालीले पु¥याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)