मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान

ratopati.com · Sat Sep 16 06:14:00 GMT 2023

चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए ।

रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका हुनुहुन्थ्यो । क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)